Logo
Logo

अदालतले घुस माग्नु लज्जास्पद : सांसद लिलादेवी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद लिलादेवी सिटौलाले अदालतले घुस माग्नु लज्जास्पद भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले देशमा आर्थिक संकट परेको बेला अदालतले घुस माग्नु लज्जाको विषय भएको बताए ।

काठमाडौं जिल्ला न्यायधीश राजकुमार कोइराला र सरकारी वकिल रुद्र पोखरलेको अडियोले नेपालको न्यायलय कस्तो छ भन्ने पुष्टि गर्ने पनि बताए । उनले भने, ‘नेपालको न्यायलय कस्तो छ भन्ने न्यायधीश कोइराला र सरकारी वकिल पोखरेलबीच भएको अडियोले छर्लङ्ग पार्छ ।’

राज्यकोषको तलब भत्ता बुझ्नेहरु नै पैसा कमाउनलाई सेटिङमा लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्