Logo
Logo

भ्रष्ट र विवादित मन्त्रीलाई फिर्ता बोलाउन माग



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद कलिला खातुनले भ्रष्ट र विवादित मन्त्रीलाई फिर्ता बोलाउन माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सरकारले कृषकलाई मल, युवालाई रोजगारी, उद्योगीलाई ऋण, छिमेकीलाई विश्वास दिलाउन नसकेको सांसद खातुनले बताए । त्यस्तै सरकारले पीडितलाई न्याय र बलात्कारीलाई सजाय दिन नसकेको टिप्पणी पनि गरे ।

सरकारले महिलालाई सुरक्षा दिन नसकेकाले दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएको उनले बताए । उनले भने, ‘सरकारले महिलालाई सुरक्षा दिन सकेको छैन । त्यसैले दिनप्रतिदिन बलात्कारजस्ता जघन्य अपराध बढ्दै गइरहेको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको जवाफ गैरजिम्मेवार भएको पनि उनले बताए । उनले भने, ‘सरकारले बाध्य भएर पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको भनेर उत्तर दिनु लज्जास्पद हो । भोलिका दिनमा भ्रष्टाचार पनि बाध्य भएर गरेको भन्ने जवाफ आयो भने यो देश कता जान्छ ?’

प्रतिक्रिया दिनुहोस्