Logo
Logo

‘नातेदारलाई नेतृत्व सुम्पिन प्रधानमन्त्री नियमावली संशोधन गर्न लागिपरे’



काठमाडौं । नेकपा एमालेका सांसद डा.सूर्यप्रसाद पाठकले देशमा अझैपनि नातावाद कृपावादले जरा गाडिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सशस्त्र प्रहरीबलको बढुवा प्रकृयाबारे बोल्दै उनले सो कुरा बताएका हुन् ।

आफ्ना नातेदारलाई नेतृत्व सुम्पिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् ‘सशस्त्र प्रहरी बल नियमावली-२०७२’ संशोधन गर्न लागिपरेको उनले आरोप लगाए ।

अघिल्लो पटक प्रहरी बढुवाको क्रममा योग्यता नपुगेकालाई बढुवा गर्न सूचनानै गाएब बनाएको स्मरण गराउँदै उनले भने, ‘प्रधानमन्त्री स्वयम् आफ्ना नातेदारलाई सशस्त्र प्रहरीको नेतृत्व सुम्पिनका लागि यो हदसम्म जानु अत्यन्तै दुःखद् हो ।’

सांसद पाठकले गृहमन्त्रालयले प्रकृया बढाएर बनाएको नियमावली संशोधनको प्रकृया रोक्न माग गरे । उनले भने, ‘सर्वोच्चको आदेशलाई पालना गरियोस् । संसदबाट ऐन पारित नगरी वृत्ति विकास सम्बन्धी नियमावली संशोधन कार्य बन्द गरियोस् ।’

सांसद पाठकले यो कुनै निजी कम्पनी नभई राज्यको कानुन र संविधान अन्तर्गत सपथ खाएर निर्माण भएको संस्थामाथि व्यक्ति विशेषलाई स्थापित गर्न खोज्नु निन्दनीय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्