Logo
Logo

सुर्खेतमा बर्डफ्लु भेटियो



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । पशुपन्छी विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको हो ।

आचार्यले पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएका निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले बताए । उनले भने, ‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।’

उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

चपाइँका अनुसार बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्