Logo
Logo

काठमाडौंमा भारी वर्षा, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह


945
Shares

काठमाडौंको नक्सालमा सडकमा जमेको पानी ।

काठमाडाैं । काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ । निरन्तरको वर्षाले उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र यसका सहायक नदीमा जल सतह बढ्दो रहेकोे छ । नदी किनार हुँदै यात्रा गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले बिहान ६ बजे जारी गरेकाे सूचना भनेकाे छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

प्रतिक्रिया दिनुहोस्