Logo
Logo

जिसस उदयपुरमा गठबन्धन, प्रमुखमा समाजवादीका विक


1k
Shares

उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

विश्वकर्मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । प्रमुखसहित जिसस उदयपुरको प्यानलै गठबन्धनले जितेको छ ।
नेपाली कांग्रेसबाट उपप्रमुखमा तेजप्रसाद गिरी, सदस्यमा विष्णु कट्वाल, भिमचन्द्र राई, मन्जुकुमारी परियार विजयी बने ।

त्यसैगरी माओवादी केन्द्रबाट सदस्यमा विन्दाकुमारी विश्वकर्मा, इन्द्रबहादुर थापा, गोमा कार्की ढुंगाना र पदमकुमारी राई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विजयी उम्मेदवारले समान ११–११ र प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ५–५ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्