
विराटनगर । २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे ३ अर्बको बजेट ल्याउने भएको छ ।
जुन चालु आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम हो । आगामी वर्षका लागि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० करोड भित्र रहेर बजेट आउने मेयर नागेश कोइरालाले बताए ।
महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । बजेट मार्फत करको दरलाई घटाइनेछ । कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी एजेन्डा बनाएका थिए ।
करको दर घटाउनका लागि अध्ययन गर्न कार्यदल गठीत कार्यदलको सिफारिसका आधारमा दर समायोजन गरिएको महानगर स्रोत बताउँछ ।












