
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।
आलोकनगरस्थीत पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा शनिबार हुने केन्द्रीय कमिटीको बैठकमा लैजाने एजेण्डाको विषयमा छलफल हुने बताइएको छ । पोलिटब्यूरो बैठकमा मन्त्रि हेरफेरको विषयले पनि प्रवेश पाउछ । जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।
त्यही दिन नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपनि देउवाले मन्त्रिमन्डल पुर्नगठन गरेका छैनन् ।














