Logo
Logo

पूर्वमन्त्री कार्कीको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


504
Shares

काठमाडौं । प्रदेश–१ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

बिहान झापाको गौरादह नगरपालिका–३ स्थित कार्कीको घर अगाडि प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।

चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोलीको निरीक्षणपछि सो वस्तु खाली कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताए ।

‘कुकर खाली रहेछ, खाली कुकरमा तार जोडेको पाइयो,’ गरीले भने ।

प्रतिक्रिया दिनुहोस्