
काठमाडौं । श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमान र ससुरालाई पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका श्रीमान रामचन्द्र मण्डल र ससुरा सहदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनाले मिलेर हत्या गरेको भन्दै गौरीकी आमा तेतरीदेवी मण्डलले २०७८ कात्तिकमै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही आधारमा दुवैलाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।














