Logo
Logo

हजुरआमाको हत्या अभियोगमा पक्राउ


504
Shares

खोटाङ । हजुरआमाको हत्या अभियोगमा झापा गौरादह–३ धोबिनी चोकका २९ वर्षीय निरबहादुर खड्का पक्राउ परेका छन् ।

उनले आफ्नै ७७ वर्षीया हजुरआमा तुलसा खड्काको हत्या गरेर गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झापाको काँकडभिट्टास्थित नेपाल भारत सीमाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । बैसाख ३१ गते दिउँसो दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र तुलसाको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा निरबहादुरले वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा पानीटारस्थित दुधकोशी बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्