Logo
Logo

प्रधानमन्त्री अरु पार्टीको प्रभावमा पर्दा मन्त्री फेर्ने निणर्य कार्यान्वयन भएन : माधव नेपाल


2.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन नसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको बताए ।

उनले मन्त्री फेर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले पटकपटक कुरा गरेपनि कार्यान्वय नभएको बताए । प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ ।

पार्टी पोलिटब्यूरोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्