
काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको उक्त भेटघाटमा लामिछाने र खरेलवीच समसामयिक राजनीतिका विषयबारे छलफल भएको लामिछाने निकट स्रोतले बतायो ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने पत्रकारिता छाडेर असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । पार्टी घोषणापछि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष खरेललाई भेटेका हुन् ।
लामिछाने र खरेलवीच भएको भेटघाटमा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा छलफल भएको बुझिएको छ । लामिछाने र खरेल दुबैजना आगामी हुने संसदीय चुनावमा उठ्ने तयारीमा छन् ।














