
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को १५ असारलाई तोकिएको केन्द्रीय समितिको बैठक १९ गतेका लागि सरेको छ । असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भन्दै बैठक फेरि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालले बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने जानकारी दिए । यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थानीय चुनाव सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिए पनि माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।














