Logo
Logo

रवि लामिछाने भन्छन्- हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको दावी गरेका छन् । पुर्व टेलिभिजन प्रस्तोता लामिछानेले स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास भएको बताए ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, “हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जान सकिन्छ । उहाँहरुले एजेण्डा मिल्दा मिलेर जान सकिन्छ भन्नुभएको छ ।”

लामिछानेले उनीहरुलाई पनि हेरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम प्रस्ताव गरिएको बताए । स्वतन्त्र सोच भएका सबैलाई संगठित गर्न सकिए पार्टीलाई स्थापित गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्