Logo
Logo

लेखा परीक्षण व्यवस्थित गर्न नसक्नु दुःखद् : अर्थमन्त्री


819
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लेखा परीक्षणलाई व्यवस्थापन गर्न नसकेको बताएका छन् । नेपाल चार्टर एकाउन्टेन्ट संघको ३७औं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै उनले वर्षैपिच्छे बेरुजु बढ्दै गएको बताए ।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गरिरहदा पनि वर्षैपिच्छे बेरुजु बढ्नु गम्भीर भएको बताए । लेखालाई सही ढंगमा व्यवस्थापन नगर्दा यस्ता समस्या आइरहेको उनले बताए ।

सबै क्षेत्रमा वित्तिय अनुशासन, पारदर्शिता र जवाफदेहिता हुनुपर्नेमा अर्थमन्त्री शर्माले जोड दिए । तर, सबै आ–आफ्नो स्वार्थमा लाग्ने प्रवृत्ति हावी हुँदै गएको र यो राष्ट्रको हितमा नभएको उनले बताए ।

लेखापरीक्षण राजस्व र करसँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा यसको पारदर्शिताले राष्ट्रको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताए । साथै पारदर्शिताका लागि सबैले पेशागत मर्यादाको पालना गर्नुपर्नेमा अर्थमन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्