Logo
Logo

मन्त्री फेर्ने निर्णय भोलिसम्म कार्यान्वयन हुन्छ : माधव नेपाल


4.2k
Shares

फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

शुक्रबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । भोलिसम्ममा पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

पार्टीको निर्णय कार्यान्वयन आज, भोलिभित्रै हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए । अध्यक्ष नेपालले भने यी सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परितर्वन नहुने बताएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्