
काठमाडौं । नेपालमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल १८१ जना संक्रिय संक्रमित रहेका छन् भने एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।














