Logo
Logo

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भएको ओलीको आरोप


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुनुको मुख्य कारण माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताए ।

ओलीले बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको बताए । “हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नुभएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन ।”

प्रतिक्रिया दिनुहोस्