
काठमाडौं । गायिका टिका प्रसाईं र गायक किरण भुजेलको स्वरमा रहेको ‘भन्छौं सधै सानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम विचारको शब्दमा रहेको उक्त गीतमा संगीत भने रिमेश कुमारको रहेको छ ।
सरोज अधिकारीको निर्देशनमा रहेको भिडियोमा रुबी, प्रिन्सलगायत कलाकारहरुको अभिनय रहेको छ ।














