Logo
Logo

श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी


4.2k
Shares

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरे’ भन्दै इलाका प्रहरी कार्यालय आत्मसमर्पण गरेका थिए ।

प्रहरी निरीक्षक पौडेलले भने घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्