Logo
Logo

दुई करोड अकुत सम्पत्ति भएका सहसचिवलाई सफाई



काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बराकोटीले अकुत सम्पत्ति मुद्दामा सफाई पाएका छन् । विशेष अदालतका न्यायधीशहरु शालीग्राम कोइराला, बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलासले उनलाई सफाई दिएको हो ।


अख्तियारले २५ असोज २०७४ मा बारकोटी र उनकी श्रीमती प्रमिला उप्रेतीमाथि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा चलाएको थियो । दुवैले पाँच वर्षपछि सफाई पाएका छन् । अवकाश पाइसकेपछि उनीविरुद्ध प्रश्नपत्र छपाइका क्रममा भ्रष्टाचार गरी अकूत सम्पत्तिआर्जन गरेको उजुरी अख्तियारमा परेको थियो । छानबिनका क्रममा उनले २ करोड २ लाख रुपैयाँ भन्दा बढीगैर कानूनी सम्पत्तिआर्जन गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्