Logo
Logo

छथरको नीतिः बाँझो जग्गामा आफैं खेती गर्ने, विद्यार्थीलाई ढाकाको सर्ट


819
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले खेतीयोग्य जमीन बाँझो राख्न नपाइने नीति लिएको छ । अध्यक्ष सन्तवीर लिम्बूले शुक्रबार २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका क्षेत्रको जग्गा बाँझो राख्न नपाइने नीति अघि सारेका हुन् । गाउँपालिकाका १० मुख्य नीति तथा कार्यक्रम यस्ता रहेका छन्ः
१, गाउपालिकाको जग्गा बाँझो राख्न नपाउने,उत्पादन गर्नुपर्ने, उत्पादन सम्बन्धित जग्गा धनीले नगरे पालिकालाई करार गर्नुपर्ने पालिकाले आफैं उत्पादनमुलक काम गर्ने ।
२, कृषि सामग्रि केन्द्र स्थापना, १ घर १ करेसाबारी कार्यक्रम, जंगली जनावारबाट बाली बचाउन विप्पन्न वर्ग पालिका स्वरोजगार कार्यक्रम लागु गरी जनावर र बाली बचाउने अभियान चलाउने ।
३, १ वडा १ कृषि/पशु प्राविधिक परिचालन गर्ने, पशु अस्पताल संचालनमा ल्याउने ।
४, भुमिहिनलाई निःशुल्क जग्गा, भोगचलनमा रहेका ऐलेनी जग्गामा र अब्यवस्थित बसोवास गर्ने नागरीकलाई भोगचलनको निस्सा प्रमाण दिने ।
५, हरेक माविका छात्र/छात्राहरूलाई सीपमुलक तालिमको ब्यवस्था, १ आवि १ टीभी, मावी पूर्वधार र प्रविधिमैत्री बनाउँदै कम्फ्युटर शिक्षा प्रवर्दन, दिवा खाजा प्रवर्दन कार्यक्रम, जेष्ठ शिक्षक सम्मान, दिर्घरोगी शिक्षक सहयोग कार्यक्रम ।
६, मासिक १ हजार एकल पुरूष प्रोत्साहन भत्ता, युवा परिषद गठन, दलित, आदिवासी जनताति आयोग, भाषा कला साहित्य प्रतिष्ठान मार्फत् ससक्तिकरण कार्य ।
७, हरेक चौमासिकमा जेष्ठनागरीकलाई घरघरमा निःशुल्क स्वास्थ्य उपचार, सबै स्वास्थ्य संस्थामा निःशुल्क सुगर जाँच, लौरो उपहार, दन्त उपहार, चस्मा उपहार कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिवन मार्फत स्वास्थ्य सचेतना कार्यक्रम ।
८, हरेक टोलमा खानेपानी, लिफ्टीङ खापा तथा सिँचाई योजना सुरू गर्ने, शिधुवा शुक्रवारे सडक कालोपत्रे गर्ने, केन्द्रबाट वडा जोड्ने सडक अलवेदर गर्ने, तमोर जोड्ने सडक स्तरोन्नति, चक्रपथ स्तररोन्नति गर्ने, १ वडा १ खेलमैदान, पालिका केन्द्रमा रंगशाला, कबर्ड हल निर्माण गर्ने ।
९, दुग्ध उत्पादन, अकबरे, बाख्रा, फलफुल, तरकारी, उत्पादनमा प्रवद्र्धन, गाई, बाख्रा, बंगुर, लोकल कुखुरा श्रोत केन्द्रका रूपमा विकास गर्ने ।
१०, बालमैत्री स्थानीय शासान, पुर्ण सरसफाई अभियान पालिका घोषणा तहमा लैजाने, कक्षा १० सम्मका बिद्यार्थिलाई ढाकाको सर्ट लागु गर्ने, हिंसा रहित समाज निर्माणका लागी न्यायिक समितिसँग नागरीक कार्यक्रम, महिला शसक्तिकरण अभियान, प्रविधिमैत्रि वडा पालिकामा पहल, चौमासिक सार्वजानिकिकरण

प्रतिक्रिया दिनुहोस्