
कास्की । सुईंखेत खोला बस्तीमा पस्दा पोखरा–२५ हेमजास्थित सुइँखेतको फाँट डुबानमा परेको छ ।
त्यहाँका ६ सय घर भलबाढीले प्रभावित भएको वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ ।
डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष तिमिल्सिनाले बताए । वस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उनको भनाइ छ ।
यस्तै, पोखरा–१६ अर्मलास्थित खोलाखेतमा रहेको १ घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन ।














