Logo
Logo

तेह्रथुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु


441
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

२ जना गम्भीर घाइते भएका छन् । लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको ट्याक्टर जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो ।

चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र २२ वर्षीय ललितकुमार मगर घाइते भएको ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए । घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्