Logo
Logo
सत्ता गठबन्धनको बैठक

पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा घटाउन सरकारलाई निर्देशन


4.9k
Shares

फाइल फाेटाे

काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मूल्य घटाउने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविका सहज बनाउन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ मल्लले भने, ‘सरकारले आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गरि लागू गर्ने छ ।’

उक्त निर्णय लागु भएपछि डिजेल र पेट्रोलको मुल्य प्रतिलिटर ३० रुपैयाँसम्म मुल्य घट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्