काठमाडौं । वामदेव गौतम पुनः कम्युनिष्ट पार्टी एकताको अभियानमा जुटेका छन् । एकताका लागि ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक रहेका गौतमले नेकपा विभाजन होला भनेर कल्पना समेत नगरेका बताएका छन् ।
शनिबार एकता अभियानको भेलालाई सम्बोधन गर्दै आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजनमा आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन् ।

अभियानको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जति म जिम्मेवार छु, सचिवालयका ९ जना सदस्य पनि त्यतिकै जिम्मेवार हुनुहुन्छ । पार्टी विभाजन हुन्छ भनेर मैले कल्पना पनि गर्न सकिनँ ।’
पार्टीका प्रधानमन्त्रीविरुद्ध ल्याउन लागेको अविश्वास प्रस्ताव दुईपटक रोकेको तर तेस्रो पटक आफूले त्यसबारे पत्तै नपाएको जिकिर उनको भनाइ छ ।
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु र प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु दुवै कुरा गलत भएको बताउँदै उनले आफू दुइटैसँग सहमत हुन नसकेको बताए ।
गौतमले भने, ‘कामरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । केपी ओली र प्रचण्डले मलाई बोलाएर आफूसँग लाग्न भन्नुभयो । मैले तपाईंहरुसँग सहमत हुन सक्दिनँ । एकताका निम्ति लाग्छु भने । त्यही छलफलका दौरानमा पार्टी एकता राष्ट्रिय अभियान निर्माण गर्ने निर्णय ग¥यौँ ।’ उनले आफूले निर्माण गरेको पार्टी ध्वस्त भएको हेर्न नचाहेका बताउँदै भने, ‘म जान हुन्थ्यो कि हुन्नथ्यो भनेर आफूलाई आफसँग्ू सोध्छु ।’














