Logo
Logo

रामपुर नगरपालिकाको बजेट ७२ करोड ४७ लाख ९५ हजार


441
Shares

पाल्पा । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ११औंं नगर सभामा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले २०७९–८०को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

रामपुर नगरपालिकाको शुक्रवार सम्पन्न नगर सभाले आगामी आर्थिक वर्षको लागि ७२ करोड, ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।

नगर सभामा आर्थिक वर्ष २०७९–०८० को विनियोजन विद्येयक र आर्थिक बिधेयक ऐन प्रस्तुत गर्दै नगर उपप्रमुख बालकुमारी थापाले ७२ करोड ४७ लाख ९५ हजार रुपया रकम सार्वजनिक गरे ।

जस अन्तर्गत संघतर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेशतर्फ ६ करोड ३ लाख ३१ हजार र आन्तरिक स्रोत ६ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

आर्थिक विकासमा ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासमा ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकासमा ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापनतर्फ ९५ लाख ५१ ह्जार ८ सय ५० र सुशासन तथा प्रशासनिक खर्चमा ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियाजन गरिएको छ ।

खर्च अन्तर्गत वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम संशोधनसहित सर्वसहमतिले पारित भएको छ । नयाँ योजनासँगै पुराना योजनालाई नीति तथा कार्यक्रमले समेटेको छ ।

स्थानीय सरकारको महशुस हुने गरि यसै वर्ष र आगामी योजना मास्टर प्लान सहित सम्भाव्यताको खोजी गर्ने गरि नगरले कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्