Logo
Logo

लोकतन्त्रको रक्षाका लागि बिद्रोह जारी : माधव नेपाल


1.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा लोकतन्त्र, संविधान र संघीयताको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज रहेको प्रमाणित भएको समेत बताए ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने– ‘कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयो, वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गरियोे र एमालेमा आएको अहंकारी प्रवृत्तिले देशमाथि नै कुठाराघात भयो त्यसैले हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षाका लागि बिद्रोह गर्यौ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामू नझुकेकै कारण नेपालमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाको सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय तह निर्वाचनका क्रममा गठबन्धनबाट भएको अपमानजनक व्यवहारबाट बलियो संगठन निर्माण गर्ने शिक्षा मिलेको समेत अध्यक्ष नेपालले बताए ।

उनले भने– ‘पाँचदलीय गठबन्धन गरेर हामी स्थनीय तहको निर्वाचनमा सहभागी भयौ । तर सबैतिर गठबन्धनमा हामीलाइ उचित स्थान दिइएन र हामी एक महानगर, एक उपमहानगर सहित केही स्थानमा विजयी भयौ । यसले हामीलाई बलियो संगठन निर्माण गर्ने शिक्षा दिएको छ । अव हामी सबै तहमा पार्टी बिस्तारमा लाग्नु पर्छ । उहाको भनाई थियो । अध्यक्ष नेपालले आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढने छौं ।’

काठमाण्डौको बवरमहलस्थित कार्की व्याक्वेटमा जारी बैठकमा अध्यक्ष नेपालले चौतिस पेजको राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्