Logo
Logo

देउवा र प्रचण्डले हाम्रो पार्टीमा खेले : खतिवडा


1.8k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

प्रवक्ता खतिवडाले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नपर्खने निष्कर्ष निकालेको बताए ।

उनले मन्त्रीहरू फेरबदल गर्ने निर्णय लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने भन्दै भने, “तपाईंहरुको हेलचेक्र्याइँ हामीलाई पार्टीभित्र खेलेको जस्तो महसुस भएको छ ।” मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि खतिवडाले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्