Logo
Logo

गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाकाे सम्भावना


1.3k
Shares

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशभरका पहाडी भू–भागका धेरै स्थानमा वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुने छ ।

राति प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्