Logo
Logo

मोरङमा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु


567
Shares

विराटनगर : कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा अरु २ जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा साइकलयात्री बूढीगंगा गाउँपालिका–४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको हो ।

त्यस्तै दक्षिणबाट उत्तरतर्फ नै जाँदै गरेको मोटरसाइकलले बूढीगंगा–४ स्थित प्रिमियर वायर उद्योगअगाडि ठक्कर दिँदा सोही उद्योगमा कार्यरत सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्