Logo
Logo

पोखरामा सडक भासियाे, घर जोखिममा


3.8k
Shares

कास्की । अविरल वर्षाका कारण पोखरबाट बागलुङ बसपार्क जाने सडक भासिएको छ ।

सडक भासिदा एक घरमा क्षति पुगेको छ । सडक भासिएसँगै बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आवतजावत ठप्प भएको छ ।

उक्त स्थानमा सडक मर्मत गर्ने तयारी भइरहेको पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङका प्रेस संयोजक एकराज गिरीले बताए ।

कास्कीमा ३ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्