Logo
Logo

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि इञ्चार्ज र प्रमुख तोकिए


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान सञ्चालन गर्न प्रत्येक प्रदेशमा इञ्चार्ज र प्रमुख तोकेको छ ।
३ महिने अभियानका लागि इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहनेछन् । ७ प्रदेशमा २÷२ वटा कमाण्ड बनाइएको छ । विशेष प्रदेश र विश्वविद्यालयमा पनि ३÷३ वटा कमाण्ड बनाइएको छ । प्रदेश १ ‘क’ को इन्चार्जमा अम्मराज शाही र प्रमुखमा खगेन्द्र सुवेदी, प्रदेश १ ‘ख’ को इन्चार्जमा सूर्य नारायण शाह, सुमन थुलुङ र प्रमुखमा ताजिम अन्सारी रहेका छन् ।
मधेश प्रदेश ‘क’ को इन्चार्जमा नारायण खनाल र विश्वमणि थापा, प्रमुखमा प्रभाकर गुप्ता रहेका छन् भने ‘ख’ को इन्चार्ज तोकिएको छैन प्रमुखको जिम्मेवारी अनिल भगतलाई दिइएको छ ।
बागमती प्रदेश ‘क’ को इन्चार्जमा क्षितिज सापकोटा र प्रमुखमा कृष्ण न्यौपानै रहेका छन् भने ‘ख’ को इन्चार्जमा राजकुमार यास्को र प्रमुखमा बाबुराम नेपाली रहेका छन् ।
गण्डकी प्रदेश ‘क’ को इन्चार्जमा अच्युत भट्ट , हरि सिग्देल र राजन आले रहेका छन् भने प्रमुखमा नारायण बडाल रहेका छन् । गण्डकी ‘ख’ को इन्चार्जमा नरेश रेग्मी कमल खड्का छन् । प्रमुखको जिम्मेवारी विजय सापकोटाले पाएका छन् ।
लुम्बिनी प्रदेश ‘क’ को इन्चार्जमा प्रविना अधिकारी र प्रमुखमा बिक्रम राना रहेका छन् भने ‘ख’ को इन्चार्जमा गजेन्द्र देव र प्रमुखमा तुल्सिमणि केसी रहेका छन् ।
कर्णाली प्रदेश ‘क’ को इन्चार्जमा मदन भुल र देवीचन्द्र उपाध्याय र प्रमुखमा योगेन्द्र बुढा रहेका छन् भने ‘ख’ को इन्चार्ज तोकिएको छैन । प्रमुखको जिम्मेवारी तिर्शना हमाललाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेश ‘क’ को इन्चार्जमा कल्पना मिया र गम्भीर साउद रहेका छन् भने प्रमुखको जिम्मेवारी भीम भट्टले पाएका छन् । ‘ख’को इन्चार्जमा दिपक रोकाया र प्रमुखमा पार्वती नेगी रहेका छन् ।
विशेष प्रदेश ‘क’ को इन्चार्जमा तुकमान महरा, प्रमुखमा सूर्य घर्ती, ‘ख’ को इन्चार्जमा जिपी मैद्दाली, प्रमुखमा प्रसुन कार्की र ‘ग’ को इन्चार्जमा मिलन एमसी, प्रमुखमा बद्रि चुडाल रहेका छन् ।
विश्वविद्यालयतर्फ पनि ३ वटा कमाण्ड बनाइएको छ । जसअनुसार विश्वविद्यालय ‘क’को इन्चार्जमा लक्ष्मी जोशी, प्रमुखमा संजय काल्धन, ‘ख’को इन्चार्जमा केशब रावल, प्रमुखमा अनुप पोखरेल र ‘ग’ को इन्चार्जमा मदन भट्टराई र प्रमुखमा उपेन्द्र शाहीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्