काठमाडाैं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो
२०७७/०७८ साउनदेखि जेठसम्म ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँको नेपाली वस्तु निर्यात भएको थियो । यो वर्ष ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।
वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वीरगञ्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।











