
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगलाई खुला प्रतिस्पर्धामार्फत् पदपुर्ति गर्ने प्रक्रिया तत्काल अघि बढाउन अनेराश्ववियूले माग गरेको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेराश्ववियूका अध्यक्ष सुदेश पराजुलीले सेवा आयोगलाई पारदर्शी बनाउन माग गरेका हुन् ।
उनले सोमबार विज्ञप्तिमार्फत् भनेका छन्, ‘उक्त विश्वविद्यालयमा देखा परेको असामान्य परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आपसी द्वन्द्व, असहमति र विश्वविद्यायलको समग्र जीवनमाथि हुने प्रतिकुल हनेतर्फ घटनाक्रम अघि नबढाउन अनेराश्ववियू जोडदार माग गर्नछ ।’
उनले वार्ता, सम्वाद र सहअस्तित्वलाई स्वीकार गरी अविलम्ब समस्या समाधान गर्न विश्वविद्यालयका पदाधिकारी, शिक्षमन्त्री र प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेका छन् ।












