Logo
Logo

कोशी व्यारेजमा खतराको संकेत



विराटनगर । सप्तकोशी नदीमा पानीको बढेसँगै खतराको संकेतस्वरूप कोशी व्यारेजमा रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षाका कारण पानीको बहाव बढ्दै गएको छ ।

बुधबार सप्तकोशीमा पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनाक अनुसार एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि खतरा मान्ने गरिन्छ ।

अहिले कोशी ब्यारेजका ५६ वटामध्ये अहिले २१ ढोका खोलिएको छ । कोसीमा बहाव र जलस्तर बढेसँगै सुनसरीको श्रीलंका टापु क्षेत्रमा कटान सुरु भएको बताइएको छ ।

मंगलबारदेखि परेको अविरल वर्षाका कारण प्रदेश १ प्रभावित बनेको छ । झापा, मोरङ र सुनसरीका कैयौँ स्थान डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्