Logo
Logo

आजकाे माैसम : दिनभर पानी पर्ने



काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदली र मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम छ ।

साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्