Logo
Logo

हलेसी तुवाचुङ पूर्णखोप सुनिश्चित नगर



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ ।

नगरपालिकामा रहेका १६ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाले सबै खोपको मात्रा पाएको निश्चित भएपछि घोषणा गरिएको मेयर बिमला राईले बताइन् ।

११ वडा रहेको नगरपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित पालिका बनेको छ । जिसस खोटाङका प्रमुख सनबहादुर राईको उपस्थितिमा बुधबार घोषणा कार्यक्रम भएको थियो ।

स्वास्थ्य मन्त्रालयले २०७७/०७८ मा नगरका ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात ४९१ बालबालिकाले पाएको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए ।

जन्मेदेखि २ वर्षभित्र हरेक बालबालिकाले बीसीजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायत १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएका छन् ।

सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्णखोप पाएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्