Logo
Logo

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो



काठमाडौ. । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले प्रतितोलाले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य बुधबार तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार तोलामा ९७ हजार ७०० रहेको सुनको मूल्य १०० रुपैयाँले बढ्दै बुधबार तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।

मंगलबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले घट्दै हिजो बुधबार १ हजार २४० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदीको बिक्री मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्