Logo
Logo

घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय छ । यसको मूल्य अघिल्लो दिन ९७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेको छ । आज १ हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्