Logo
Logo

नबिलका नयाँ सिइओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले काम


567
Shares

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

बैंकको बिहीबार सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त गरेको थियो।

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा लामो अनुभव सम्हालेका ढुंगानाले यसभन्दा अघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व भूमिका निर्वाह गरे। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरे।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टू वाच र सन् २०१५ मा म्यानेजर अफ द इयर विधामा पुरस्कृत भएका छन्।

कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए। उनको नेतृत्वमा आगामी दिनमा समेत बैंकले थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्