Logo
Logo

एनआईबीएल एस क्यापिटलद्वारा शेयर बजारसम्बन्धि तालिम सञ्चालन


189
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकका लागि विद्युतीय माध्यमद्वारा शेयर बजारसम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ ।

माटो र पसिनाको नाता वैदेशिक आम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देश्यका साथ क्यापिटलले २०७९ असार १७ गते सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीको साझेदारीमा त्यँहा उपस्थित सहभागीको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको आयामहरुका बारेमा समेत छलफल गरिएको थियो ।

उक्त कार्यक्रममार्फत विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सकिन्छ र कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेबारे जानकारी गराइएको छ ।

कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत प्राप्त भएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्