Logo
Logo

‘संघीय निर्वाचनअघि भूमिहीनलाई लालपुर्जा’


315
Shares

काठमाडौं । भरतपुर महानगर प्रमुख रेनु दाहालले भूमिहीनलाई जग्गा दिने विषयमा चासो दिएकी छिन् ।

राष्ट्रिय भूमि आयोग चितवनले महानगरमा गरिरहेको कामबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राखेकी हुन् ।

आयोगका अध्यक्ष बद्री तिमल्सिनाले आफूहरूले गरिरहेको कामबारे जनप्रतिनिधिलाई ब्रिफिङ गरेका थिए । केही स्थानमा काम गर्न असहज भएकाले यन्त्र तथा उपकरण उपलब्ध गराउन पहल थालिएको जानकारी दिए ।

आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ । मेयर दाहालले संघीय निर्वाचनअघि भूमिहीनलाई लालपुर्जा दिने गरी काम गर्न आयोग र वडा अध्यक्षलाई आग्रह गरिन् ।

निर्वाचन आचारसंहिताका कारण रोकिन पुगेकाले अब तीव्र गतिमा गर्नुपर्ने मेयर दाहालको भनाइ थियो । भरतपु महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्