Logo
Logo

मधेस प्रदेशसभा बैठक बस्दै


189
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्