
काठमाडौं । नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्क असार मसान्तभित्र ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ ।
साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पूर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गरिने कम्पनीकाे सूचनामा उल्लेख छ ।











