Logo
Logo

नेकपा एसको सचिवालय बैठक जारी


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

बागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् । बैठक कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बसिरहेको हो ।

सहमति अनुसार बागमतीमा मुख्यमन्त्री छाड्नुपर्ने एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन् ।

बैठकमा बागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्नुपर्ने कुरा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्