Logo
Logo

तलब लिन प्यान नम्बर अनिर्वाय, सजिलोसँग यसरी लिनुहोस् प्यान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
सरकारले सरकारी, निजी, गैरसरकारी जुनसुकै संस्थामा काम गर्ने कामदारको स्थायी लेखा नम्बर प्यानु अनिवार्य गरेको छ ।

साउन १ गतेदेखि नै प्यान नभएका कर्मचारीलाई तलब नदिन सरकारले नियम ल्याइसकेको छ । सरकारले सबै कामदारको तलब बैंक खातामार्फत दिन भनेको छ । आर्थिक विधेयकअनुसार बैंकमा अब प्यान नभई तलब नै हाल्न पाइनेछैन । त्यसैले प्यान नम्बर अनिवार्य भैसकेको छ ।

। आन्तरिक राजश्व विभागले जेठ १५ मा बजेट आएपछि अहिलेसम्म एक लाखभन्दा बढिले प्यान लिइसकेको जनाएको छ। सरकारले चालु बजेटबाट एक ब्यक्ति एक लेखा नम्बर नीति लिएको छ।

प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका

सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट  www.ird.gov.np

टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस । त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् ।

त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् । पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस्  । सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस् । त्यसपछि ओके बटनमा थिच्नुहोस् ।

यति गरेपछि तपाइको व्यक्तिगत विवरण माग्नेछ । सो अनुसार भर्दै जानुहोस र सबमिट गर्नुहोस् ।

सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ । त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् । सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् ।

कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन ।

अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु ( जस्तै व्यवसाय दर्ता प्रमाण, दुइ प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपी, घरभाडा सम्झौता लगायतका, कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्त लिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्न सकिन्छ ।

तपाईँलाई कुनै कुरा स्पष्ट नभएमा Help मा गई सहयोग लिन सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्