Logo
Logo

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपीओ जारी गर्दै


441
Shares

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि , १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ ।

आईपीओका लागि साउन १ गतेसम्म आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्