Logo
Logo

पूर्वएमाले र पूर्व माओवादीको छुटा छुट्टै बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

पार्टी एकीकरण प्रक्रिया जारी रहेका बेला नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्व एमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै बैठक गरेका छन्।

नेकपामा ९ जना सचिवालय सदस्य छन्। बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए।

पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । नेकपा सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका हुन् । बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको नेताहरुले बताएका छन् ।

नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्व एमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि भइसकेको छ। ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्व एमाले र १५ जना पूर्व माओवादीबाट रहनेछन्। सोही विभागहरुमा को को रहने भन्ने बिषयमा सहती गर्न नेताहरु छलफलमा जुटेको एक नेताले जानकारी दिएका छन ।

आज दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्